२०८१ माघ १५, मङ्गलवार , १०:३५:१५ बजे

Sajhamanch
'

प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडेको भोलिपल्ट बंगलादेशको संसद विघटन

मङ्गलवार, साउन २२, २०८१

झापा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका नेताहरुको बैठकपछि राष्ट्रिय संसद् विघटन गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । यही माघ ७ गते भएको निर्वाचनपछि यो संसद गठन भएको हो ।

सोमबार राष्ट्रपतिले आदेश जारी गर्दै बिएनपीकी नेतृ खालिदा जियालगायत धेरै विपक्षी नेताहरूलाई घरमै नजरबन्दबाट रिहा गरेका थिए। सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा राजनीतिक संकट गहिरिएको छ ।

सम्बन्धित खबर