२०८१ माघ २५, शुक्रवार , ०६:२१:४३ बजे

Sajhamanch
'

श्रीलङ्कासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ३२ रनले पराजित

सोमवार, साउन २१, २०८१

झापा । श्रीलङ्कामा भएको दोस्रो एकदिवसीय क्रिकेटमा भारत घरेलु टोलीसँग पराजित भएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा हिजो भएको खेलमा श्रीलङ्का भारतसँग ३२ रनले विजयी भएको हो । जितसँगै श्रीलङकाले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

यसअघि गएको शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । हिजोको खेलमा श्रीलङ्काले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर २ बलमा अल आउट हुँदै २०८ रन मात्र बनायो । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४० रन बनाएको थियो ।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट पर्सि बुधवार हुनेछ ।

सम्बन्धित खबर