२०८१ कार्तिक १, बिहिवार , १०:४९:५२ बजे

Sajhamanch
'

भुसुडी खोलामा बन्यो ट्रस पुल : १७५ घरधुरीलाई प्रत्यक्ष लाभ मिल्ने

शुक्रवार, साउन ११, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका–९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ ।

पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलवासी वर्षौंदेखि वारिपारि आउजाउ गर्न समस्या भोग्दै आएका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ लाख ५८ हजार ८५१ रुपैयाँ (भ्याट, पि.एस आइटम सहित) लगानीमा १६ मिटर लम्बाई र १.६ मिटर चौडाईको पुल निर्माण भएको हो ।

वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाइँले पुल बनेपछि सहिद लक्ष्मी प्राथमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहज भएको बताए ।

उनले बर्खामा वारिपारि गर्न बाँसको फड्के लगाउने गरेको भएपनि यस वर्षदेखि उक्त समस्या समाधान भएको बताए । प्रदेश सांसद कमला थापा मगरको पहलमा पुलका लागि बजेट विनियोजन भएको जनाइएको छ ।

पुल निर्माण सम्पन्न भएकाले जाँच तथा अनुगमन गरी चाँडै हस्तान्तरण गरिने ठेकेदार कम्पनी आस्था निर्माण सेवा सुनसरीका प्रतिनिधि लिफाङ लिम्बूले जानकारी दिए । सो पुलबाट १७५ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

शुक्रवार, साउन ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर