२०८१ मंसिर ११, मङ्गलवार , १०:०२:४८ बजे

Sajhamanch
'

विरोध र बहिष्कारबीच इजरायली प्रधानमन्त्री नेतन्याहुको सम्बोधन, ‘हमासमाथिको कारबाही रोकिँदैन’

बिहिवार, साउन १०, २०८१

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताएका छन् । विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताएका हुन ।

यसअघि पनि इजरायलले हमासविरुद्धको कारबाही नरोकिने बताउँदै आएको थियो । अमेरिकी संसदमा नेतन्याहुले सम्बोधन गर्दैगर्दा सत्तारूढ डेमोक्रेटिक पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए भने धेरैले विरोध जनाएका थिए । उनीहरूले आफूहरू हिंसा र नरसंहारको विरोधी भएको बताएका बीबीसीले जनाएको छ ।

प्यालेस्टाइनको हमास समूह, इरान, लेबनानको हिजबुल्लाह समूह तथा यमनको हुथी विद्रोहीमाथिको कारबाहीमा इजरायल जुटेको भन्दै नेतन्याहुले अमेरिकी समर्थन र सहयोगको लागि आग्रह गरे ।

सम्बन्धित खबर