२०८१ मंसिर ८, शनिवार , ०४:१३:१३ बजे

Sajhamanch
'

संघीयताविरुद्ध आवाज उठेकाले संविधान संशोधनको बहस चलेको हुनसक्छ : सभामुख घिमिरे

बिहिवार, साउन १०, २०८१

हेटौंडा । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् ।

संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको हुन सक्ने उनले बताए ।

‘तर अहिले त्यता जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिनँ’, सभामुख घिमिरेले भने ।

हेटौंडामा बिहीबार युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा उनले देशमा युवालाई ठीक ढंगले प्रयोग गर्नुपर्ने बताए ।

चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै सभामुख घिमिरेले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको उनको भनाई थियो ।

सम्बन्धित खबर