२०८१ मंसिर ७, शुक्रवार , १०:१८:०० बजे

Sajhamanch
'

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ७ जनाको पोस्टमार्टम आज

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जनाको आज पोस्टमार्टम हुँदैछ ।

बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ७ जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने भएको हो ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो ४ जनाको पोस्टमार्टम सक्ने बताएका थिए । अस्पताल स्रोतका अनुसार पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा २५ जना चिकित्सकहरू खटिएका छन् ।

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख चौधरीको भनाई छ ।

उनले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गरे । उनले कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने समेत बताए ।

१९ जना सवार विमान दुर्घटना हुँदा १८ जनाको निधन भएको छ भने घाइते भएका पाइलट मनीषरत्न शाक्यको उपचार भइरहेको छ ।

सम्बन्धित खबर