२०८१ कार्तिक २, शुक्रवार , ०९:१७:३३ बजे

Sajhamanch
'

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

मङ्गलवार, साउन ८, २०८१

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। उक्त अवधिमा रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट रु. ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर रु. ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको ४ हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ। सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु. १ अर्ब २४ करोड ८ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठुलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो। आव २०८०/८१ मा काँकडभिट्टाबाट रु. ५८ करोड ४ लाख ३ हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए।

सम्बन्धित खबर