२०८१ मंसिर १२, बुधवार , ०३:४३:३८ बजे

Sajhamanch
'

मेचीनगरमा पनि मनाइयो पुष्पलाल स्मृति दिवस

सोमवार, साउन ७, २०८१

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मेचीनगरमा पनि मनाइएको छ ।

काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्णकदको सालिकमा माल्यार्पण गरेर नेकपा एमाले मेचीनगरले दिवस मनाएको हो ।

त्यसक्रममा सोही बाटिकामा अवस्थित नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको सालिकमा पनि माल्यार्पण गरिएको थियो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरीले नेता पुष्पलालको जीवनी र योगदानबारे चर्चा गरेका थिए ।

अध्यक्ष गिरीले वीपी र पुष्पलाल दुवै नेताले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका बताए ।

पार्टीका नगर कमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार विष्णु प्रसाईं, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, पूर्वसांसद् श्रीप्रसाद मैनाली, नेताहरु देवकुमार राई लगायतको उपस्थिति थियो ।

सो कार्यक्रमको सञ्चालन नगर सचिव सागर ओलीले गरेका थिए । अनेरास्ववियू मेचीनगरले पुष्पलाल स्मृति दिवसको अवसरमा मेची सामुदायिक भवनमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

यसैबीच, नेपाली कांग्रेस मेचीनगरले पनि आइतवार उक्त बाटिकामा वीपी स्मृति दिवस मनाएको थियो । त्यसक्रममा कांग्रेस नेताहरुले वीपी र पुष्पलाल दुवैको सालिकमा रुद्राक्षको माला अर्पण गरेका थिए ।

सो अवसरमा प्रदेश सांसद् गोपाल तामाङ लगायतका अगुवा नेताहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर