२०८१ मंसिर १५, शनिवार , ०३:३७:५५ बजे

Sajhamanch
'

जीपी फाउण्डेशन झापाको संयोजकमा भट्टराई

आइतवार, साउन ६, २०८१

दमक । गिरिजाप्रसाद कोइराला फाउण्डेशन झापाको संयोजकमा यज्ञप्रसाद भट्टराई चयन भएका छन् ।

दमकमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताको भेलाले फाउण्डेशनको जिल्ला समिति गठन गरेको हो ।

फाउण्डेशनको गठित समितिको उपसंयोजकमा हरिप्रसाद अर्याल र शेखर ढकाल, सचिवमा विश्वबन्धु लिङ्गदेन र तेजप्रसाद आचार्य, सहसचिवमा मनिशा खत्री (अधिकारी) तथा चूडामणि भट्टराई र कोषाध्यक्षमा हेमकला न्यौपाने रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा लता चापागाईं, कमलप्रसाद बोहोरा, पुजन चौधरी, दिपेश भट्टराई, छविलाल न्यौपाने, कमला बाँस्कोटा (दाहाल), कुमार कट्टेल, ठाकुरहरि पोखरेल, फणिन्द्र गड्तौला, कविता उप्रेती, हुमेश खतिवडा र अर्जुन शाह मनोनीत भएका फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनको सल्लाहकार समिति संयोजकमा नेपाली कांग्रेस झापाका पूर्वसचिव दयानन्द गोश्वामी तथा सदस्यहरुमा नेपाल किसान महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल भण्डारी र शिक्षाविद् केशव भट्टराई छन् ।

त्यसक्रममा फाउण्डेशनको समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापनसहित विचार गोष्ठी आयोजना गरिएको थियो ।

कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य एवं नेपाल लोकतन्त्रवादी आदिवासी/जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष विश्वदीप लिङ्देन, नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई, कोशी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का (भट्टराई), गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुनसरीका संयोजक केशव भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर