काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्व–पश्चिम रेल मार्ग नेपालको गौरव भएको बताएका छन् ।
रेल विभागको निरीक्षण गरेर जानकारी लिएपछि उनले पूर्व-पश्चिम तथा उत्तर दक्षिण रेल मार्ग निर्माणलाई गति दिनु सरकारको प्राथमिकता रहेको समेत बताए ।
हाल सञ्चालनमा रहेको रेल सेवालाई चुस्त र व्यवस्थित बनाउन निर्देशन दिँदै मन्त्री दाहालले निर्माण कार्यलाई प्रभावकारी र तीव्र पार्न निर्देशनसमेत दिए ।
नेपालमा रेल मार्गको इतिहास लामो भएपनि सेवा विस्तारको काममा ढिला गरी सुरु भएपनि यो नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताए ।
त्यसक्रममा रेल विभाग, नेपाल रेल्वे कम्पनी तथा सम्बद्ध निकायका अधिकारीहरुले रेल मार्ग, विस्तार तथा व्यवस्थापनका क्षेत्रमा भई रहेका कामहरुबारे जानकारी गराएका थिए ।