२०८१ कार्तिक ३, शनिवार , ०६:४६:०९ बजे

Sajhamanch
'

मालपोत झापाले उठायो ८० करोड ५८ लाख

बुधवार, साउन २, २०८१

झापा । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/०८१मा रु. ८० करोड ५८ लाख १४ हजार ५९२ राजश्व सङ्कलन गरेको छ ।

३६ हजार ८७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । आव २०८०/०८१मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट शुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए ।

गत आव २०७९/०८०को तुलनामा रु. २२ करोड १२ लाख ६९ हजार १९९ ले राजस्व वृद्धि भएको छ– उनले भने । गत आवमा रु. ५८ करोड ४५ लाख ४५ हजार ३९३ राजश्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१मा सेवा करवापत रु. ७ करोड ५१ लाख ३९ हजार ४७६, रजिष्ट्रेशन दस्तुरबाट रु. ४७ करोड ३० लाख ३० हजार ५५४, छुटवापत रु. ६ करोड २७ लाख ८७ हजार ६१२, डोर सुविधा शुल्क रु. १ लाख ८९ हजार, पुँजीगत लाभकर रु. ३२ करोड १ लाख २५ हजार २६७ र विलम्ब शुल्कवापत रु. १ लाख १७ हजार ९०६ राजश्व सङ्कलन गरिएको उनले जानकारी दिए ।

सम्बन्धित खबर