काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना कम गर्न नीति बनाउने बताएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले दुर्घटना न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका हुन् । मन्त्रालयमा आफूले काम गर्दै सिक्ने भन्दै मन्त्री दाहालले समस्या धेरै रहेको बताए ।
‘विकास निर्माणका काम ठप्प भएका छन्, ती आयोजनाको अवस्था मसिनो गरी हेर्नेछौं, ठेकेदारको भुक्तानीमा पनि हेर्नेछौं’, उनले भने । मन्त्री दाहालले सार्वजनिक खरिद ऐन संशोधन गर्ने र क्यालेन्डर बनाएर काम गर्ने पनि बताए ।
‘विकासलाई तीव्रता दिन हाम्रो मन्त्रालयको जिम्मेवारी ठूलो छ’, उनले भने ।