२०८१ मंसिर १०, सोमवार , ०३:४७:३४ बजे

Sajhamanch
'

डिजिटल अधिकार र सुरक्षासम्बन्धी हाते पुस्तिका सार्वजनिक

आइतवार, असार ३०, २०८१

काठमाडौं । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ डिजिटल राइट्स नेपालले ‘डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका’ सार्वजनिक गरेको छ ।

यस पुस्तिकाले नागरिक, शिक्षक शिक्षिका, नीति निर्माता तथा अभियन्ताहरूलाई अनलाइन स्पेसमा रहेका सुरक्षासम्बन्धी चुनौती वा जटिलताहरूलाई बुझाउने र सुरक्षित तवरले डिजिटल टेक्नोलोजीहरूको प्रयोग गर्नका लागि आवश्यक सीप र उपयुक्त उपकरणहरूबारे सचेतना फैलाउने लक्ष्य राखेको छ ।

हाते पुस्तिकामा अनलाइन अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयता, तथ्यांक संरक्षण, सूचनामा पहुँच, इन्टरनेट शासन तथा साइबर सुरक्षा लगायतका विषयहरू समावेश गरिएका छन् ।

पुस्तिकाले डिजिटल साक्षरता बढाउन र अनलाइन स्पेसलाई सुरक्षित बनाउनका लागि व्यवहारिक मार्गदर्शन र उपयोगी सुझावहरू समेत प्रदान गरेको डिजिटल राइट्स नेपालले जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक सन्तोष सिग्देल भन्छन्, ‘यो हाते पुस्तिका डिजिटल साक्षरता अभिवृद्धि गर्ने र सुरक्षित अनलाइन वातावरणलाई प्रवर्द्धन गर्ने एक उपयोगी औजार हो ।’

यस पुस्तिका अनलाइनमा रहेका आफ्ना अधिकारहरू बुझ्न र सुरक्षित गर्न खोज्नेहरूका लागि महत्वपूर्ण स्रोतको रूपमा रहने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर