२०८१ कार्तिक ४, आइतवार , ०७:४८:५१ बजे

Sajhamanch
'

प्रदेशस्तरीय भारोत्तोलनमा झापा प्रथम

बिहिवार, असार २७, २०८१

बिर्तामोड । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा झापा प्रथक भएको छ ।

पुरूषतर्फको स्पर्धामा ६१ केजीमा झापाका चन्दन मुखिया र ८९ केजीमा प्रसिद्ध भक्तराज लावट प्रथम भए । ८१ केजीमा सिद्धार्थ प्रधान दोस्रो र ८१ केजीमा अमिलाल राजवंशी तेस्रो भए ।

महिलातर्फ ५५ केजीमा करिना चौधरी, ४९ केजीमा सोनी दास र ७२ केजीमा इशा प्रथम भए । ६५ केजीमा मेनुका पौडेल र ७३ केजीमा ट्विंकल चौधरी दोस्रो भए । ४२ केजीमा गीता भण्डारी र ४९ केजीमा मसुमा खातुन तेस्रो भए ।

प्रतियोगिताको विजयी खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, बोर्डका सदस्यद्वय रितेश श्रेष्ठ र प्रदिप कुमार भगत थारू, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले मेडल पुरस्कार प्रदान गरे ।

सम्बन्धित खबर