२०८१ कार्तिक ४, आइतवार , ०८:०९:५८ बजे

Sajhamanch
'

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

बिहिवार, असार २७, २०८१

झापा । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भएको छ । डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न सडक करको उच्च वृद्धि गरिने त्यहाँको भूमि यातायात प्राधिकरण (एलटीए) ले जनाएको छ।

सन् २०२१ मै संसद्‍मा सरकारको वातावरणीय दिगोपन योजनाबारेको छलफलका क्रममा तीन वर्षमा प्रदूषण बढाउने गाडीको उत्पादनमा कमी ल्याउने घोषणा गरिएको थियो ।

घोषणाअनुसार नयाँ डिजेल कार र ट्याक्सी दर्ता १ प्रतिशतमा झारिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अब आउने नयाँ कार तथा ट्याक्सीहरू सबै स्वच्छ ऊर्जामैत्री हुनुपर्ने प्रावधान ल्याएर सन् २०३० देखि अनिवार्य गर्ने तयारी छ ।

सम्बन्धित खबर