२०८१ कार्तिक १०, शनिवार , ०२:२१:४३ बजे

Sajhamanch
'

अनुसन्धान विभागका अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

बुधवार, असार २६, २०८१

काठमाडौं । विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेश गरेकोमा दोषी ठहर गरेको छ ।

विशेष अदालतले आज उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार दोषी ठहर गरेको हो । विशेषले बस्नेतलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मंसिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबर