२०८१ कार्तिक १०, शनिवार , ११:५०:५२ बजे

Sajhamanch
'

बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

बुधवार, असार २६, २०८१

सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीको उद्धार गरिएको छ ।

प्रहरीले उनलाई बुधवार सकुशल उद्धार गरेको हो । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् । कार्यालय जाने क्रममा खोलाको मध्यभागमा पुगेपछि अचानक आएको बाढीमा उनी फसेका थिए ।

खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर दुई घण्टाको प्रयासपछि चौधरीलाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए ।

उद्धार कार्यमा स्थानीयवासीसँगै सशस्त्र प्रहरीले पनि सहयोग गरेको थियो ।

लामो समयदेखिको अविरल वर्षापछि बढेको बाढीले लहान–२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरू उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।

सम्बन्धित खबर