२०८१ कार्तिक १०, शनिवार , ०५:३८:३६ बजे

Sajhamanch
'

झापामा बाढीको वितण्डा : बिरिङ पुल चर्किएपछि आवतजावत डाइभर्सनबाट

बुधवार, असार २६, २०८१

बिर्तामोड । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।

गए रातिदेखिको अविरल वर्षाका कारण झापा अर्जुनधारा–७ को गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो ।

उक्त पुलमा आउजाउ बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारी साधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर