२०८१ कार्तिक १०, शनिवार , ०५:१७:०३ बजे

Sajhamanch
'

एमाले राष्ट्रिय ऐना बन्नुपर्छ 

बुधवार, असार २६, २०८१

राजनीतिलाई मुलनीति, माउनीति अथवा सबै नीतिहरुको पनि नीति हो भनिन्छ र हो पनि । ब्यक्तिगत जीवनमा यो सेवा हो स्वार्थ होइन, सामुहिक रुपमा वर्गपक्षधरता हो पक्षबिहिनता होइन । साझा उद्देश्य र गन्तव्य हो, आशक्ति, रहर र लहड होइन । राजनीतिभित्र सहन सक्ने, पचाउन सक्ने, सुन्न सक्ने, स्वीकार्न सक्ने र अग्रता खोज्ने दृढ संकल्प हुन्छ, हुनुपर्छ ।

नेकपा (एमाले)को राजनीतिमा विवेक सकृय हुनुपर्छ र बिगतका घटनाक्रमले पुष्टि पनि गरेको छ। राजनीतिक चस्माभित्र विवेक माली हो, बुद्धि बगैंचा हो र मन सबै किसिमको बिज हो । समाजमा उम्रने सबै किसिमका बिजहरुलाई बुद्धिरुपि राजनीतिक बगैंचामा प्रोसेसिङ गर्न सक्नुपर्छ र विचारयुक्त राजनीतिक शक्तिले बिबेकरुपी माली बन्न सक्नुपर्छ । बगैंचामा झार पनि उम्रन्छ तर त्यसलाई उखेलेर फूल मात्र फुलाइन्छ। फेरि झार उम्रन्छ , अनि फेरि गोडिन्छ र फूल जोगाइन्छ।

आजको राष्ट्रिय बगैंचामा सुन्दर फूलका बिरुवा पनि छन् र बिरुवा बढ्न नदिने झारहरु पनि छ्यास्छ्यास्ति पलाएका छन्। अबको नेपाली राजनीतिले हाम्रो राष्ट्रिय बगैंचामा उम्रेका राम्रा बोटहरुको जगेर्ना गरी हानिकारक बीजहरुको गोडमेल गर्ने बेलालाई चिन्नुपर्छ।

एमाले जस्तो कर्मवीर र विचारयोगी पार्टीले देशको माली बन्नुपर्छ र राष्ट्रिय बगैंचाको स्याहार गर्नुपर्छ। आज एमाले, कांग्रेस लगायतका राजनीतिक पार्टी र दलहरुको घरसल्लाह पनि यहि प्रयोजनका लागि हो। संविधान, शासन प्रणाली, प्रतिनिधित्व, निर्वाचन युनिट, सुशासन, शुद्धीकरण, ब्यवस्था प्रतिको आस्था जस्ता सवाल र समस्यामा पपुलिजम, स्याडइजम, सेलिब्रेटी पोलिटिक्सरुपि अवसरवादले माखोसम्म मार्दैन । मुलधारका राजनीतिक शक्तिहरु मोडेल बन्नुपर्छ । यो अभियानमा एमाले राष्ट्रिय ऐना बन्नुपर्छ ।

(नेकपा (एमाले) झापाका अध्यक्ष प्रेमबहादुर गिरीले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको स्टाटस सान्दर्भिक लागेर यहाँ साभार गरिएको छ : सम्पादक)

सम्बन्धित खबर