बिर्तामोड । वीरता लेडी जेसीजले सोमवार व्यावसायिक योजना निर्माणसम्बन्धी अन्तक्र्रिया गरेको छ ।
समाजसेवी एवं राजनीतिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सो विषयमा छलफल आयोजना गरिएको हो ।
आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा सघाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
सो जेसीजकी पूर्वअध्यक्ष पार्वता विमलीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रम तारा बस्नेतको संयोजकत्वमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा सञ्चारकर्मी भीमा शिवाकोटीले व्यावसायिक योजना निर्माणबारे सहजीकरण गर्दै सीप तथा क्षमताको विकासमा जोड दिइन् ।
उक्त जेसीजकी पूर्वअध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सह–सचिव एलिना रिजालले गरेकी थिइन् ।