काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्याएको बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएका हुन् । सांसद शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए ।
उनले दुईवटा काममध्ये पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए । तर, प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट गरेको निर्णय किन कार्यान्वयन हुन सकेन भनि सोको जवाफ दिन सांसद शर्माले माग गरे ।
उनले २८ गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन् ।