२०८१ कार्तिक ५, सोमवार , ०८:५०:२० बजे

Sajhamanch
'

फ्रान्समा संसदीय चुनाव : अतिदक्षिणपन्थी दल सत्तामा पुग्ने अनुमान

आइतवार, असार २३, २०८१

झापा । फ्रान्समा आज संसदीय चुनावको दोस्रो चरणको मतदान भइरहेको छ । अघिल्लो हप्ता भएको पहिलो चरणको मतदानमा अतिदक्षिणपन्थी दल न्याशनल र्‍याली (आरएन) ले अग्रता लिएको छ ।

मारिन ल पेनको आप्रवासी विरोधी पार्टी आरएनले पहिलो चरणको मतदानमा पाएको सफलताले अब फ्रान्सको संसदमा वर्चश्व बनाउने र सम्भवतः सत्तामा पुग्न सक्ने बीबीसीले जनाएको छ ।

पहिलो चरणको मतदानमा आरएनले ३३ दशमलव २ प्रतिशत मतका साथ अग्रता लिएको छ । वाम घटकहरूले २८ दशमलव १ प्रतिशत र राष्ट्रपति इमानुयल माक्रोँको गठबन्धन २१ प्रतिशत मतका साथमा तेस्रो स्थानमा रहेको छ । ५७७ सिट रहेको न्याशनल एसेम्बलीमा स्पष्ट बहुमतका लागि २८८ सिट आवश्यक पर्छ । आरएनले बहुमत पुर्‍याएमा २८ वर्षका नेता जोर्डन बार्डेला प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ ।

फ्रान्समा अतिदक्षिणपन्थीहरूले पहिलो चरणको चुनावमा जीत हासिल गरेको यो पहिलोपटक हो । फ्रान्समा अहिले चुनाव गर्ने बेला भएको थिएन र राष्ट्रपति माक्रोँले त्यसको घोषणा गर्नुपर्ने अवस्था पनि थिएन । तर युरोपेली चुनावमा आरएनले जितेपछि राष्ट्रपति माक्रोँले सबैभन्दा उत्तरदायी समाधान भन्दै समयअघि नै यो चुनावको घोषणा गरेका हुन । चुनाव गरेकै कारण उनी हुँदाहुँदैको सत्ताबाट च्यूत हुनुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।

सम्बन्धित खबर