२०८१ मंसिर १०, सोमवार , ०७:३९:३६ बजे

Sajhamanch
'

एक वर्षमा ७९४ सरकारी कर्मचारीले जागिर छोडे

आइतवार, असार २३, २०८१

काठमाडौं । एक वर्षमा निजामति सेवामा कार्यरत ७९४ कर्मचारीले सेवा अवधि पूरा नहुँदै जागिरबाट बिदा लिएका छन् ।

चालु आर्थिक वर्ष २०८०–८१ मा ७९४ निजामती कर्मचारीले सेवा अवधि बाँकी रहँदै राजीनामा बुझाएका किताबखानाको तथ्यांकमा छ ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, माली लगायत) छन् ।

किताबखानाको रेकर्ड अनुसार शुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् ।

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

सम्बन्धित खबर