काठमाडौं । राष्ट्रिय सभाको आइतवारको बैठकमा सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकोप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रियसभाको असार २० गतेको बैठकमा उनले अपांगता भएका व्यक्तिलाई ‘लुला’, ‘लंगडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताए ।
सांसद परियारले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे । उनले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गरे ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भए/नभएको निक्र्योल गरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए ।