२०८१ कार्तिक ५, सोमवार , ०९:१८:४५ बजे

Sajhamanch
'

गुजरातको सुरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

आइतवार, असार २३, २०८१

झापा । भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् । भग्नावशेष हटाउने काम जारी रहेको बताइएको छ । गुजरातको सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको थियो ।

यो घटना शनिबार दिउँसो ३ बजेतिरको हो । घर भत्किँदा निकै ठुलो आवाज आएको थियो । आवाज सुनेर वरपर बस्ने मानिसहरूले भूकम्प आएको ठानेका थिए । मानिसहरू घरबाट बाहिर निस्किएपछि नजिकैको भवन भत्किएको देखे ।

सम्बन्धित खबर