२०८१ कार्तिक ५, सोमवार , ०५:२८:४२ बजे

Sajhamanch
'

बेलायतको चुनाव : लेबर पार्टी अग्रस्थानमा, प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

शुक्रवार, असार २१, २०८१

झापा । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि परेको छ । योसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किने बलियो सम्भावना रहेको बीबीसीले जनाएको छ ।

लेबर पार्टीका नेता केयर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भइसकेको छ । यो चुनाव ६५० संसदीय सीटका लागि भएको हो । छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

लेबर पार्टीले अहिलेसम्म ११६ सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले १७ सिट मात्र जितेको छ । चुनावअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो । सर्वेक्षण अनुसार लेबर पार्टीले ४१० सिट पाउने अनुमान गरिएको छ ।

सम्बन्धित खबर