२०८१ कार्तिक ६, मङ्गलवार , ०३:५८:०७ बजे

Sajhamanch
'

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

मङ्गलवार, असार १८, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जान लागेको एक नेताले बताए ।

‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सहमतिको सरकार लगायत विषयमा राष्ट्रपतिलाई जानकारी दिन प्रधानमन्त्री जाँदै हुनुहुन्छ’, ती नेताले भने ।

पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिने र संसदबाट विश्वासको मतको सामना गर्ने बताएका थिए ।

सम्बन्धित खबर