काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै, औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डबारे अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
औषधिको गुणस्तर, समस्या, चुनौती लगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाई छ ।