काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ ।
शुक्रवार बिहान सकिएको खेलमा अमेरिका पानामासँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जीत भएको छ ।
जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो ।
१० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औँ मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामाका सिसर ब्ल्याकम्यानले २६ औँ मिनेटमा बराबरी गोल गरेका थिए ।
जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३ औँ मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो । ८८ औँ मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो ।
जीतसँगै पानामाले पहिलो ३ अंक जोडेको छ । समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकसहित दोस्रो स्थानमा छ ।
यही समूहमा उरुग्वे पनि ३ अंकका साथ शीर्ष स्थानमा रहँदा बोलिभिया भने अंकविहीन हुँदै तालिकाको अन्तिममा छ ।