२०८१ मंसिर १०, सोमवार , ०२:३३:३७ बजे

Sajhamanch
'

यातायात कार्यालय झापाले संकलन गर्यो ८५ करोड बढी राजस्व

बुधवार, असार १२, २०८१

झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु. ८५ करोड ७५ लाख ५४ हजार ५८९ राजस्व संकलन गरेको छ ।

जेठ महिनामा मात्रै रु. ६ करोड २४ लाख ४० हजार ४१७ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु. ६९ करोड ७७ लाख ८९ हजार ७७९, प्रशासनिक सेवा शुल्कबापत रु. १ करोड ७९ लाख ९३ हजार १८३, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. १४ करोड १६ लाख ८८ हजार १६७ राजस्व असुली गरिएको कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलले बताए ।

उनका अनुसार चालु आवको ११ महिनाको अवधिमा ९ हजार ५४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार ११९ सवारी नवीकरण भएका छन् ।

सोही अवधिमा १२ हजार ३२२ नयाँ चालक अनुमतिपत्र, १६ हजार ५४८ को नामसारी हुँदा १० हजार २६३ सवारी जाँचपास भएका लुइँटेलले जानकारी दिए ।

कार्यालयका अनुसार चालु आवको ११ महिनामा छ हजार ७१४ मोटरसाइकल दर्ता हुँदा एक हजार ६३८ ई–रिक्सा दर्ता भएका छन् ।

सम्बन्धित खबर