२०८१ मंसिर ९, आइतवार , ०५:२२:४८ बजे

Sajhamanch
'

आज बुधबार एसईईको नतिजा सार्वजनिक हुँदै

बुधवार, असार १२, २०८१

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको थाहा भएको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको भनाई छ ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिएका छन् ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने उनले बताए ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

सम्बन्धित खबर