२०८१ मंसिर ९, आइतवार , ०६:५८:३६ बजे

Sajhamanch
'

बोदेबरसाइनमा २० वर्षपछि विवाह गर्ने दलित किशोरीले २० हजार पाउने

मङ्गलवार, असार ११, २०८१

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ ।

नगरपालिकाले ११ औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरिएको छ ।

“यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौँ”, नगरप्रमुख आतेशकुमार सिंहले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाई छ ।

नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।

सम्बन्धित खबर