![](https://sajhamanch.com/wp-content/uploads/2024/06/dubera-death.jpg)
गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी ७० वर्षका खुमबहादुर नेपालीको छल्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शनिबार छल्दिखोला तर्ने क्रममा बगेका नेपालीको बडिगार्ड जुमईस्थित खोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीको कमान्डमा टोली खटिएको छ ।