२०८१ मंसिर १५, शनिवार , ११:१२:५५ बजे

Sajhamanch
'

कमल–७ का तीन किशोरी एकैचोटी बेपत्ता हुँदा गाउँ नै चिन्तित

शनिवार, असार ८, २०८१

कमल । कमल गाउँपालिका–७ को एउटै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैचोटी बेपत्ता भएपछि गाउँनै चिन्तित बनेको छ ।

उक्त वडाको ठूलो बाह्रघरेका १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दिक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारबाट एकाएक बेपत्ता भएका हुन् ।

विद्यालय जाने भन्दै घरदेखि हिंडेका उनीहरु साँझसम्म घर नफर्किएपछि मात्र परिवारले छोरीहरु हराएको थाहा पाएका जेनिसाकी ठूलोममी विमला प्रधानले बताइन् ।

बेपत्ता भएका नानीहरु अझै पनि सम्पर्कमा नआउँदा उनीहरुका अभिभावकहरु मात्र नभई गाउँ नै चिन्तामा परेको छ ।

बेपत्ता बनेका छात्राको खोजीकार्यका सम्बन्धमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रवार साँझ इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डीएसपी निशान थापालाई भेटेर चासो राखेका थिए ।

त्यसक्रममा गाउँपालिका अध्यक्ष राईले किशोरी बेपत्ता घटनालाई गम्भीररुपमा लिँदै अनुसन्धान प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेका थिए ।

त्यसपछि डीएसपी थापाले किशोरीहरु झापा जिल्ला भन्दा बाहिर भएका हुनसक्ने आशंका गरिएकाले खोजीकार्य तीव्र पारिएको बताएका थिए ।

सम्बन्धित खबर