२०८१ कार्तिक ८, बिहिवार , ०१:०७:४१ बजे

Sajhamanch
'

महिलाको हत्यारा ५ वर्षपछि पक्राउ

सोमवार, असार ३, २०८१

मोरङ । मोरङको जहदा गाउँपालिका–१ मा महिलाको हत्या गरी फरार बनेका एकजना पुरुष ५ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सई उज्वल शाक्य नेतृत्वको टोलीले जहदा–१ का ४५ वर्षीय शम्भु साहलाई हिजो साँझ पक्राउ गरेको हो ।

जग्गाको सिमाना विवादमा साहले २०७६ साल जेठ १० गते जहदा–१ की ६० वर्षीया नान्कीदेवी ठाकुरको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । दाउराले प्रहार गरेर महिलाको हत्या गरेपछि उनी फरार बनेको बस्नेतको भनाइ छ ।

उनका अनुसार फरार भएको लामो समयपछि हत्याका आरोपीलाई जहदा–१ तिल्हरियाबाट पक्राउ गर्न प्रहरी सफल भएको हो । साहविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

सोमवार, असार ३, २०८१ | अपराध, समाज

सम्बन्धित खबर