२०८१ माघ २४, बिहिवार , ११:२८:३९ बजे

Sajhamanch
'

आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो

सोमवार, असार ३, २०८१

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएको छ। गएराति भएको खेलमा आयरल्यान्डले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान बाबर आजमले सर्वाधिक ३२ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । उसका ग्यारेथ डेलानीले सर्वाधिक ३१ रन बनाए । समूह ‘ए’ मा पाकिस्तान ४ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट भारत र आयोजक अमेरिका यसअघि नै सुपर आठमा पुगिसकेका छन् ।