
भद्रपुर । अखिल नेपाल महिला संघ भद्रपुरको दोस्रो नगर सम्मेलनले अंगिरा पराजुलीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
नगर कमिटीको नवनिर्वाचित उपाध्यक्षमा होमा पोखरेल, सचिवमा रञ्जना तावा लिम्बू, सह–सचिवमा पार्वता श्रेष्ठ र कोषाध्यक्षमा सोममाया लोहार सर्वसम्मत निर्वाचित भएका निर्वाचन समिति संयोजक माधव विद्रोहीले जानकारी गराए ।
शनिवार भद्रपुर नगरपालिका वडा नम्बर १० को सभाकक्षमा भएको उक्त सम्मेलनको अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले पोखरेलले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय उपाध्यक्ष पोखरेल, नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बानियाँ, अनेमसंघ जिल्ला सदस्य तथा भद्रपुर नगर इञ्चार्ज मित्रा भट्टराई, नेकपा एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष निर्माण नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अनेमसंघ भद्रपुर नगर कमिटी अध्यक्ष प्रेमकुमारी भट्टराईको अध्यक्षतामा भएको सम्मेलनमा अंगिरा पराजुलीले शाब्दिक स्वागत गरेकी थिइन् । सो कार्यक्रममा ८० वर्षीया दुर्गामाया कट्टेलसहित दुईजना अग्रज महिलालाई सम्मान गरिएको थियो ।
बन्दसत्रको अध्यक्षता अध्यक्ष मण्डलका अध्यक्ष मित्रा भट्टराईले गरेकी थिइन् । अध्यक्ष मण्डलका सदस्य तथा निर्वाचन समितिका संयोजक माधव विद्रोहीले सर्वसम्मत निर्वाचित नगर कमिटीको नामावली घोषणा गरेका थिए ।
नगर कमिटीको सदस्यहरुमा दुर्गा पोखरेल, प्रमिशा भण्डारी, हिमा दाहाल बराल, अम्बिका आचार्य, मीना राई, लीला अधिकारी, सिम्ब्रन शिवा, पूजा लिम्बू, संगीता खतिवडा, गोमा दर्जी, दुल्की गणेश र प्रसंशा ठटाल सर्वसम्मत निर्वाचत भएका थिए ।
त्यसैगरी, सर्वसम्मत निर्वाचित हुनेहरुमा कमला दाहाल बराल, सावित्रा ढकाल, मोहनी निरौला (रेश्मा), शान्ता सिग्देल, धना बुढाथोकी, तुलसा घिमिरे, यशोदा निरौला, चन्द्रकला बुढाथोकी, देवीमाया दाहाल, संगीता ढकाल कोईराला, शारदा बराल र विनु धमला छन् ।
त्यस्तै, मिलन राजवंशी, सरस्वता श्रेष्ठ, शर्मिला राजवंशी, यशोदा श्रेष्ठ, कमला अछामी, प्रमिला महतो र निलम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।


