२०८१ पौष २५, बिहिवार , ०१:२७:०६ बजे

Sajhamanch
'

गण्डकीका मन्त्री देवकोटा पदमुक्त

शुक्रवार, जेठ ३२, २०८१

पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोपिपल्ट ऊर्जामन्त्री बनेका थिए ।

तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ ।

सम्बन्धित खबर