![](https://sajhamanch.com/wp-content/uploads/2024/05/accident-7.jpg)
सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोशी गाउँपालिका–३ नहरचोकस्थित सडकमा भएको दुर्घटनामा २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो ।
इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को.२ ख ६०५९ नम्बरको ट्रकले को.२ त १२४३ नम्बरको ट्याक्टरलाई बिहीबार दिउँसो ठक्कर दिँदा ट्याक्टरमा सवार कोशी गाउँपालिका–२ बस्ने यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।