२०८१ माघ २५, शुक्रवार , ०६:४७:५९ बजे

Sajhamanch
'

शिवसताक्षीमा एकै परिवारका तीनजना मृत भेटिए

शुक्रवार, जेठ ३२, २०८१

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।