![](https://sajhamanch.com/wp-content/uploads/2024/06/siriha.jpg)
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।