२०८१ मंसिर ९, आइतवार , ०१:३३:३४ बजे

Sajhamanch
'

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन्’

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरु खुलेका बताएका छन् ।

गणतन्त्र दिवश–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’  शीर्षकको तस्वीर प्रर्दशनीको बुधवार अवलोकनपछि उनले पूर्वाधार विकास, जलविद्युत लगायत क्षेत्रमा बहुआयामिक विकासका द्वार खुलेका बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विकासको सम्भावना र विकास गर्न सकिन्छ भन्ने सन्देश तस्वीर प्रदर्शनीले स्पष्टरुपमा देखाएको बताए । उनले नेपाल विकासको चरणमा प्रवेश गरेको तस्वीरले देखाएको बताए ।

सम्बन्धित खबर