२०८१ मंसिर ९, आइतवार , ०२:२७:४४ बजे

Sajhamanch
'

एमाले कमल–३ को वडा कमिटी अध्यक्षमा नरप्रसाद दंगाल

मङ्गलवार, जेठ २९, २०८१

कमल । नेकपा एमाले कमल गाउँपालिका ३ नम्बर वडा कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा नरप्रसाद दंगाल निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलका सदस्य मनोज गुरुङ्गका अनुसार उक्त वडा कमिटीको उपाध्यक्षमा सन्तनाथ बानियाँ, सचिवमा महेन्द्र अर्याल तथा उप–सचिवद्वयमा दीपचन्द्र लिम्बू र पूर्णकुमारी देवान निर्वाचित भएका हुन् ।

त्यस्तै, वडा कमिटीको सदस्यहरुमा यशोदा भण्डारी, हेमबहादुर भण्डारी, लोकबहादुर बानियाँ, विजय खतिवडा, मिलन अधिकारी, हरिप्रसाद घिमिरे, शिवशंकर न्यौपाने, टीका राई, निर्मला बजगाईं, मुकेश ठाकुर, रामबहादुर गुरुङ्ग, चित्ररेखा गुरुङ्ग, प्रकाश निरौला छन् ।

सो वडा कमिटीको अन्य सदस्यहरुमा विष्णुमाया खतिवडा, मीनाकुमारी खवास, देवीमाया बानियाँ, भूमिका नेपाल, दुर्गाबहादुर थापा, राजबहादुर लिम्बू, विष्णुचन्द्र बोहोरा, हरिप्रसाद गौतम, होमराज लावती, शंकर दंगाल र देवीप्रसाद चापागाईं निर्वाचित भएका निर्वाचन समिति संयोजक छत्र फागोले बताए ।

वडा कमिटीको सोमवार सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मंगलवार एक कार्यक्रमकाबीच पद तथा गोपनियताको शपथ खुवाएर प्रमाण पत्र वितरण गरियो ।

पार्टीका जिल्ला कमिटी सदस्य तथा अध्यक्ष मण्डलका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य मेनुका काफ्लेले वडा कमिटीमा निर्वाचित सबैलाई शपथ ग्रहण गराएकी थिइन् ।

सो अवसरमा पार्टी केन्द्रीय सदस्य काफ्लेसहित प्रदेश सल्लाहकार सदस्य बलराम गजुरेल, गाउँ कमिटी अध्यक्ष हरि ढकाल, सचिव वीरेन्द्र अधिकारी, गाउँ कमिटी सदस्य अग्निप्रसाद कोइराला लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यसक्रममा वक्ताहरुले २०८४ सालको स्थानीय तह चुनावमा एमालेको बहुमत आउनेगरी एकताबद्ध ढंगले पार्टी र जनहितका काममा जुट्न निर्देशनसमेत दिए ।

वडा पार्टीका नवनिर्वाचित अध्यक्ष नरप्रसाद दंगालले प्रतिबद्धता जनाएको सो कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला कमिटी सदस्य चक्रबहादुर गुरुङ्गले गरेका थिए ।

सम्बन्धित खबर