२०८२ असार ११, बुधवार , ०४:५९:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्री मोदीले लिए शपथ

आइतवार, जेठ २७, २०८१

नयाँदिल्ली। आगामी कार्यकालका लागि शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका नरेन्द्र दामोदरदास मोदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज आइतबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।

लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो ।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् ।

मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित छन् ।

सन् २०१४ र २०१९ को चुनावमा भारतीय जनता पार्टीले एकल बहुमत हासिल गरेपछि मोदी यसअघि दुई कार्यकाल प्रधानमन्त्री भइसकेका छन् । यसपटक भाजपाले एकल बहुमत नल्याए पनि भाजपासहितका नेशनल डेमोक्रेटिक अलायन्सको बहुमतका आधारमा मोदीका लागि तेस्रोपटक प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन् । राजनाथ सिंह, अमित शाह, नीतिन गडकारी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सितारमण, एस। जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन् ।

मोदीले गठबन्धनका मुख्य घटक नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाएका छन् । सदस्यहरुले पनि शपथ लिएका छन् ।

सम्बन्धित खबर