काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाबाट बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् ।
प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन गर्यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो ।’
उनले गाँजाको उत्पादन गाउँ–गाउँमा भइरहेको बताए । अप्रत्यक्ष रूपमा गाउँ–गाउँमा गाँजा खेती हुने सामान्य जस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने उनले बताए ।
‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई बिस्तारै कानूनी व्यवस्था गर्दै जाउँला,’ अर्थमन्त्री पुनले भने ।