२०८२ असार १७, मङ्गलवार , १२:४९:३५ बजे

Sajhamanch
'

जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशवकुमार कट्टवालले जानकारी दिएa ।

जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, उहाँकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, उहाँको छोरा ३८ वर्षीय घनश्याम, उहाँका नाती २१ वर्षीय किरण र नातिनी बुहारी २० वर्षीया नानीमाया समाल घाइते भएका हुन् ।

अहिले उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको इन्स्पेक्टर कट्टवालले बताए । भुजेल परिवारले आज बिहान जङ्गलबाट च्याउ ल्याएर खाएका थिए ।

सम्बन्धित खबर