मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम मंगलवारदेखि शुरु भएको छ ।
दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षणको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आयोजित सो प्रशिक्षणमा प्रमुख प्रशिक्षक संगीता थापा र मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।
स्थानीयस्तरको न्याय सम्पादनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको मेचीनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन बुधवार (आज) कानूनविद्हरुबाट सहभागीलाई प्रशिक्षण गराउने बताइएको छ ।
मेचीनगर न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन उक्त समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।
मेचीनगर नगरपालिकाको न्यायिक समितिले मेची उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरेको प्रशिक्षण बुधवार (आज) समापन हुँदैछ ।