२०८१ मंसिर १२, बुधवार , ०२:२१:३३ बजे

Sajhamanch
'

बैठक सञ्चालन र माइन्युट लेखन तालिम समापन

शनिवार, जेठ १२, २०८१

कमल । कमल गाउँपालिका–३ स्थित मेची सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको बैठक सञ्चालन तथा माइन्युट लेखनसम्बन्धी तालिम शनिवार समापन भएको छ ।

कमल–५ स्थित मंगलमय माविको सभाहलमा सञ्चालित तीन दिवशीय सो तालिममा उक्त पालिकाको वडा नम्बर ४, ५, ६ र ७ का टोल विकास संस्थाका अध्यक्ष र सचिव सहभागी थिए

सो तालिमका सहभागीलाई नरेन्द्र जनता माविका प्रधानाध्यापक बद्री कार्कीले सहजीकरण गरेका थिए ।

समापनका अवसरमा उक्त पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरेकी थिइन् ।

त्यस्तै, सो पालिका–५ का निवर्तमान वडा अध्यक्ष डम्बरबहादुर निरौला, नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुली लगायतले तालिममा आर्जन गरेको ज्ञानलाई व्यवहारमा उर्तान सुझाव दिए ।

आयोजक संस्थाका अध्यक्ष लैनबहादुर पौडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद नेपालले गरेका थिए ।

सम्बन्धित खबर