बिर्तामोड । बिर्तामोड–४ मा रहेको परालको थुप्रोमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
करीब ६० वर्षीय पुरुषको बेवारिसे शव शुक्रवार भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उक्त शव डुलेर मागी खाने व्यक्तिको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार मृतक बिर्तामोड–६ का कुर्मी थरका व्यक्ति भनिए पनि बुझ्दा पुष्टि भएन ।
शव पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । बिरामी परेका ती व्यक्तिको मृत्यु अत्यधिक गर्मीले भएको आशंका गरिएको छ ।