२०८१ मंसिर ८, शनिवार , ०५:०४:४० बजे

Sajhamanch
'

रफाहमा संयम अपनाउन इजराइललाई १३ देशको आग्रह

शनिवार, जेठ ५, २०८१

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ(र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई रफाहमा आक्रमण नगर्न भनेका हुन्।

‘हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि विरोध दोहोर् उँछौँ। यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ’, ती मुलुकका विदेशमन्त्रीहरूद्वारा इजराइली समकक्षी इजराइल काट्जलाई पठाइएको अपिलमा भनिएको छ।

उनीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायहरूको स्वागत गरेका छन्। तर ‘थप कदम’ का लागि आह्वान गरेका छन्।‘मानवीय सहायतालाई रफाहसहित सबै प्रासङ्गिक क्रसिङ विन्दुमार्फत गाजा पट्टीमा प्रवेश गर्न दिन हामी इजराइल सरकारसँग आग्रह गर्दछौँ, उनीहरूले भनेका छन्।

अपिलमा स्थायी युद्धविरामको पनि आह्वान गरिएको छ। मन्त्रीहरूले इजराइलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवा पुनः सुरु गर्न’ र ‘गम्भीररूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेषगरी चिकित्सा आपूर्ति’ लाई बढावा दिन आग्रह गरेका छन्।उनीहरूले इजराइलसँग ‘हाम्रा सबै नागरिक, योग्य व्यक्ति र विदेशमा मानवीय वा चिकित्सा कारणले स्थानान्तरण हुनका लागि भर्ना भएका प्यालेस्टिनीहरूका लागि निकास परमिट जारी गरेर थप निकासी सुविधा प्रदान गर्न’ आह्वान गरे।

युद्ध सुरु भएको आठ महिनापछि इजराइलले दक्षिणी शहरमा हजारौँ विस्थापित प्यालेस्टिनीका लागि अन्तर्राष्ट्रिय चिन्ताका बावजुद रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउने वाचा गरिरहेको छ। एजेन्सी

सम्बन्धित खबर